कुलमान फेरि प्राधिकरणमा आउने सम्भावना बढ्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणमा अहिले कार्यकारी परिवर्तन गर्ने चर्चा चुलिएको छ । विगत वर्षहरुभन्दा यो वर्ष प्राधिकरणको खुद नाफामा समेत ठूलो गिरावट आएपछि यसले थप चर्चा पाएको हो । अहिले प्राधिकरणमा फेरि कुलमान घिसिङको रि—इन्ट्रिको सम्भावना बढेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागेकी हुन्। प्रस्ताव पारित भए घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई गत हप्ता नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए। त्यसपछि मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेकी थिइन। शाक्यले राजीनामा नगर्ने तर सरकारले दिने जिम्मेवारीमा काम गर्न तयार रहेको बताएका थिए। प्राधिकरणको नाफा साढे ११ अर्ब बाट घटेर तीन अर्बमा सीमित भएको तथ्यांक आएपछि सरकारले शाक्यलाई अन्य जिम्मेवारी दिएर घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न लागेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्