चन्द्रागिरी हिल्सको नोक्सानी बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  चन्द्रागिरी हिल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनकि गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा वृद्धि भएको छ । अघिल्लो आवमा रू. १० करोड ६६ लाख १६ हजार नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी गत आवमा वृद्धि भएर रू. २५ करोड ३८ लाख ४२ हजार पुगेको हो । अघिल्लो आवको तुलनामा कम्पनीको सञ्चालन आम्दानी पनि ४६ प्रतिशतले कमि आएको छ । अघिल्लो आवमा सञ्चालन आम्दानी रू. ४१ करोड ३० लाख ८३ हजार रहेको उक्त कम्पनीको आम्दानी गत आवमा घटेर रू. २२ करोड १५ लाख ७८ हजारमा सीमित भएको हो । कम्पनी कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको छ । कोरोना  महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष पनि लकडाउन गरेको थियो । गत वर्ष  र यस वर्ष, हालसम्म पनि चन्द्रागिरी केबलकार तथा रिसोर्ट खुला हुन सकेको छैन । यस कारण पनि कम्पनीको नोक्सानी बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ९१ हजार रहेको छ । कम्पनीको जगेडाकोष पनि रू. ३९ करोड ३५ लाख ६० हजार ऋणात्मक रहेको छ । नोक्सानी भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ५५ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३५ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्