आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको सम्भावना

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ । मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्