सरकारले दमनको बाटो लिएको अध्यक्ष केपी शर्मा ओलीको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारलाई दमन नगर्न खवरदारी समेत गरे । “यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्छाैं ।” अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, “प्रतिवाद गर्छौ र आवश्यक प-यो भने प्रतिरोध पनि ।” उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए । उनले माधव नेपाल लगायतका नेताहरूले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए । “पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पु-याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।” अध्यक्ष ओलीले आक्रोशित हुँदै भने , “यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।” अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी गर्नु भयो । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरूले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्