मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

Machchapuchchre

अर्थ राजनीति  ~  शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ । बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो । हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले बगाएको हो । बाढीले हेलम्बु गाउापालिका वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ । यस्तै रातो पक्की पुल पनि बाढीले बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो । त्यस्तै क्युलमा रहेको पाल्चोकी माई फर्निचर उद्योग पनि बाढीले बगाएको छ । मेलम्ची खोलाले  रेडियो मेलम्चीको भवन पनि  बगाएको स्थानीयले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्