मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने अवधि थप

Machchapuchchre

अर्थ राजनीति  ~  साउन ५ गतेदेखि आयोजना प्रभावितस्थानियका लागि जारी भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा साउन ३२ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन पर्ने नदेखिए पनि ढिलो अवधि साउन ३२ सम्मको मिति तोकिएको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यस अघि बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निशेधाज्ञा भएपछि बैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै यस आईपीओ खरिदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरिदका लागि  न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्