एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, २२ सांसदलाई पत्र पठाइने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई नेकपा एमालेले स्पष्टीकरणका लागि पत्र पठाउने तयारी गरेको छ। सोमबारकै केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरे पनि मंगलबारसम्म आफूहरूलाई यसबारे पत्र नआएको उनीहरूले बताएका छन्। स्पष्टीकरण मागिएको पत्र पठाउने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यस्तै उनले सोमबारदेखि जारी केन्द्रीय कमिटीको १०औं बैठक आज तेस्रो दिन पनि जारी रहने जानकारी दिए। बैठक सदाझैं ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्ने उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्