सबै नेपालीलाई काेभिड खोप लगाउँछौंः प्रधानमन्त्री

Machchapuchchre
अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताउनुभएको छ । आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको हो । भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउनुभयो । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो । यो सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको ओलीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्