पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध संयुक्त विद्यार्थी अन्दोलित

Machchapuchchre

अर्थ राजनीति  ~  संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानी समेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् । विद्यार्थीहरुले विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् । पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्