नेता विष्ट : ‘लगभग सहमतिको विन्दुमा पुग्यौँ’

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले आजको बैठकमा छलफल सहमतिको विन्दुमा पुगेको दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिएका हुन् । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै आजको कार्यदलको बैठक भने स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो । एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्