आज एक हजारले बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा बिहीवार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्