नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया कहाँ पुग्यो ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया केही समय लम्बिने भएको छ। चैत दोस्रो साता नै मर्जर प्रक्रिया अघि बढाउने भनिए पनि हिमालयन बैकको बोर्ड बैठक बस्न नसक्दा मर्जर प्रक्रियामा जान समय लाग्ने देखिएको हो। हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम विरामी भएर बैठकमा उपस्थित हुन सकिरहेका छैनन् । सो कारणले हिमालयन बैंकको बोर्ड बैठक बसेर मर्जरमा जाँदा के के गर्ने गर्ने भन्ने निर्णय हुन सकिरहेको छैन। हिमालयन बैंकका अध्यक्ष गौतमलाई ठिक भएपछि मर्जर प्रक्रिया अघि बढ्ने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले बताए। ‘अर्को साता हिमालयन बैंकको बोर्ड बैठक बस्ने मिति तय भएको छ,’ उनले भने ‘हिमालयन बैंकको बोर्ड बैठकपछि मर्जर प्रक्रिया अघि बढाउने तयारीमा हामी छौं।’ बैंकले बुधबार बोर्ड बैठक बोलाएको भन्ने बुझिएको छ।

चैत दोस्रो साता  नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको थियो। दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भइ्रसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए। ‘दुबै बैंकको डीडीए सकिएको छ,’उनले भने ‘आगामी साता बैंक सञ्चालक समिति बोर्डमा पेश गर्ने तयारी भएको छ। त्यसपछि सबै प्रक्रिया मिलाएर मर्जरमा जाने उनले बताए। बैंकहरूले मर्जरमा जाने तयारी गरेपनि बैंकको नाम र शेयर स्वाप रेसियो भने बोर्ड बैठक पछिमात्रै तय हुने उनले बताए। नयाँ बन्ने बैंकको नामले दुबै बैंकको नामको पहिचान कायम राख्ने छ। मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्