के अब कांग्रेसले दिन्छ त अर्को निकास ?

Machchapuchchre

अर्थ राजनीति  ~  वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताहरूको इच्छा अनुसार नेपाली कांग्रेसले सरकार बनाउने अग्रसरता लिने भएको छ । हुन त यो खबर जानकारीमा आउँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कानूनी रूपमा बहुमतमै छ । नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता नलिएसम्म बहुमतमै रहनेछ । माओवादी केन्द्रले अहिलेसम्म त्यस्तो निर्णय गरेको छैन । उसले कांग्रेसको मुख ताकेको छ । सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछिको परिस्थितिमा लगातार फरक निकास खोज्न बहस चल्दै आएको छ । फरक निकासको अर्थ हो सरकार परिवर्तन ।  माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को समाजवादी धार र नेकपा (एमाले) को नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी मानेको छ र सत्ताबाट उनको बहिर्गमन अनिवार्य ठानेको छ । प्रतिगमनको सहज परिभाषा भने दिइएको छैन, ओली प्रतिगमनकारी भए भन्ने आरोप लगाइएको छ।नेपाली कांग्रेसभित्र महाधिवेशनको चटारोमा एक पक्षले अर्को पक्षविरुद्ध विभिन्न खाले रणनीतिक चाल गर्ने अभियान चलिरहेको छ । यस रणनीतिअन्तर्गत हाल बलियो देखिएका सभापति शेरबहादुर देउवालाई विवादित बनाउनु अर्को पक्षको सफलताको एक खुड्किलो हुनसक्छ, अहिले त्यही प्रयास भइरहेको छ । यसलाई ध्यानमा राखेर प्रधानमन्त्री बन्न देउवामाथि दबाब बढाइएको छ । देउवाले प्रचण्डको सहारामा सरकार गठन गर्नुपर्ने हुन्छ । जसपालाई पनि सँगै लिनुपर्ने हुन्छ । प्रचण्डसँगको सहकार्यमा विगतमा ओलीले व्यहोर्नुपरेको कचकच सरकार प्रमुखका रूपमा देउवाको टाउकोमा सर्ने हुँदा उनको छवि नकारात्मक बन्ने अवस्था आउन सक्छ । सरकार बनाउने अग्रसरता नलिँदा पार्टीलाई प्राप्त अवसर गुमाएको भन्ने आरोप आगामी महाधिवेशनमा लाग्नसक्छ, चर्कैरूपमा उठ्न पनि सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्