नेपाल प्रहरीमा महिला अधिकृतको उपस्थिती बढ्दो

Machchapuchchre

अर्थ राजनीति  ~  पछिल्लो समय नेपाल प्रहरीमा महिला अधिकृतको संख्या बढ्दै गएको छ । आजसम्म प्रहरी संगठनको नेतृत्वमा महिला पुग्न सकेका छैनन् तर प्रहरी निरीक्षक पदमा खुल्ला तर्फबाट १४ जना महिला अधिकृतले प्रवेश नियुकि्त लिएका हुन् । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पद विभागीयतर्फका १ सय १३ जना र खुल्ला तर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका मध्ये १४ जना महिला रहेका छन् । गृहमन्त्रालयले २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उर्तिणहरुलाई नियुक्त गरेका छन् । २०७६ माघ १ गते सूचना प्रकाशन गरी २०७७ चैत ८ गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो । अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनमा महिला अधिकृतहरुको भूमिका उच्च रहदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्