बैंकिङ कसुर मुद्दामा ६१ लाख जरिवाना फैसला सुनाइएका व्यक्ति पेप्सीकोलाबाट पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र ६१ लाख जरिवाना हुने ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ जिल्ला मझुवागढी नगरपालिका-१५ घर भई हाल कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने ३४ वर्षीय वरुण ढकाल छन्। उनलाई काठमाडौं पेप्सीकोलाबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।उच्च अदालत पाटनले उनीविरूद्ध गत पुस १५ गते फैसला गरेको थियो। कमलाकुमारी राई र कल्पनाकुमारी राई जाहेरवाला भएको मुद्दामा अदालतले ढकाललाई पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। ढकाललाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको छ। ढकालले बैंकमा पर्याप्त मौज्दात नभएको जानजान कुमारी बैंकबाट कमलालाई ५६ लाख १५ हजार र कल्पनालाई ५ लाख ४० हजार रुपैयाँको चेक काटेर दिएका थिए। पीडितले चेक बाउन्स गराएर निवेदन दर्ता गरेपछि ब्युरोले अनुसन्धान थालेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्