सेयर बजारको प्रभाव रियलस्टेट क्षेत्रमा उछाल

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर बजारको बुलिस ट्रेण्डले उपत्यकाको घरजग्गा कारोबारमा समेत तीन महिनादेखि लगातार उछाल आएको छ। ११ सय अंकमा आएको सेयर बजार एक वर्षभित्र २६०० अंकभन्दा माथि पुगेपछि लगानीकर्ताले बजारबाट मोटो रकम कमाएका थिए। उक्त रकमले लगानीकर्ताले उपत्यकाका विभिन्न ठाउँमा घरजग्गा जोड्दा बिगत तीन महिनायता उपत्यकाको घरजग्गा कारोबारको ग्राफ हरेक मासिक उकालो लागिरहेको छ । बिगतमा मासिक ५ हजारसम्म घरजग्गा किनबेच हुने उपत्यकामा अहिले भने १० हजारभन्दा बढी घरजग्गा किनबेच हुन थालेका समाचार आएका छन्। मंसिरमा सात हजार २५१ घरजग्गा किनबेच भएकोमा पुसमा नौ हजार १३९ र माघमा १० हजार ३९९ भन्दा बढी घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। लगनखेल, भक्तपुर, कलंकी, चाबहिल लगायतका मालपोत कार्यालयले सर्वाधिक घरजग्गा किनबेच गराएका छन्। अहिले भने मनमैजु, टोखा र डिल्लीबजार बाहेक उपत्यकाका सबै कार्यालयले कम्तिमा एक हजारदेखि २३ सयसम्म घरजग्गा किनबेच गराएका विभागको तथ्यांक छ। घरजग्गाको कारोबार बढेसँगै राजस्व संकलनमा पनि उल्लेख्य सुधार भएको छ। बिगतमा मुस्किलले ८० देखि ९० करोड रुपैयाँसम्म राजस्व संकलन गर्ने उपत्यकाका मालपोत कार्यालयले यतिबेला भने झण्डै दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन्। सेयर बजारबाट कमाएको मोटो रकम रियलस्टेट क्षेत्रमा आउँदा उपत्यकाको घरजग्गा कारोबारमा उछाल आएको यो क्षेत्रका जानकारहरु  बताउंछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्