कांग्रेसले अबको ६ महिनाभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले  बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुने बताएका छन् । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न गतिरोध लगायतका कारणले महाधिवेशन हुन सकेन। केन्द्रीय समितिको बैठकले अहिलेसम्म भएका प्रगतिको समीक्षा गर्दै नयाँ मिति घोषणाको बारेमा छलफल गर्नेछ । त्यसभन्दा पहिला पार्टीको केन्द्रीय समितिको म्याद थप्ने विषयमा निर्णय हुनेछ । केन्द्रीय समितिको चार वर्षे कार्यकाल गत फागुन महिनामा सकिएपछि एक वर्षको लागि म्याद थपिएको थियो । पार्टीको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो । महाधिवेशनको तयारीलाई अगाडि बढाउने निर्णय भए पनि महाधिवेशनको यकिन मिति भने कांग्रेसले प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वाेच्चको फैसलापछि मात्र गर्ने सम्भावना रहेको नेताहरुको भनाई छ । अब थपिने म्याद भदौसम्म सकिने भएकाले त्यसअगावै जसरी पनि महाधिवेशन गराउनुपर्ने बद्यता छ । पार्टीको विधान अनुसार अब केन्द्रीय समितिको कार्यकाल लम्ब्याउन मिल्दैन । विधान अनुसार केन्द्रीय समितिको अवधि चार वर्ष हो र विशेष परिस्थितिमा अर्काे एक वर्ष थप्न सकिने प्रावधान छ । विधानअनुसार १ वर्ष थप गरिएको अवधि फागुन ७ मा सकिदैछ । संवैधानिक प्रावधान अनुसार अब  ६ महिना कार्यकाल थप गर्न मिल्छ  त्यो भनेको अन्तिम समय हो । यदि अबको ६  महिनाभित्र महाधिवेशन हुन नसके या त दलहरुको विचमा सहमति भएर संविधान संशोधन गरेर महाधिवेशन गर्ने समयावधि अगाडि बढाउनुपर्छ । अर्काे विकल्प भनेको कांग्रेसले कुनै दलसँग एकता गर्ने र पार्टीको नाममा केही सामान्य परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता गाउनु पर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्