अन्तत : भागरथीको हत्यारालाई आज सार्वजनिक गर्दै प्रहरी

Machchapuchchre

अर्थ राजनीति  ~  बैतडीको दोगडाकेदार ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ । दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको हत्यारालाई आज सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्। पक्राउ परेको ती व्यक्ति अहिले प्रहरी हिरासतमा रहेका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । ती व्यक्तिले पहिला सानो भिरबाट खसालेको र पछि बलात्कारगरी हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ । उनले बदला लिन यस्तो गरेको साबिती बयान दिएक छन् । उनको संलग्नताको केही प्रमाण भेटिएकाले पक्राउ गरि अनुसन्धान गरिएको प्रहरीको भनाई छ। ती व्यक्ति सोही पालिकाका कर्मचारी हुन् । माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्