नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने पूर्व आयुक्त यादवको भनाई

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन्। आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ। आयोगले नेकपाको विवादमा चासो नै  नदेखाएको र विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने उनले स्पस्ट पारे। मुलुकको आवश्यकताका लागि  राजनीतिक दल सम्बन्धी ऐन, नियम र यसअघिका नजिरका आधारमा निर्णय गर्न आयोगलाई कुनै कठिनाइ नभए पनि आयोग अग्रसर नदेखिएको यादवको भनाई छ। आयोगमा उपलब्ध नेकपाका ४४१ सदस्सीय केन्द्रीय कमिटीको बहुमतका आधारमा आयोगले विवाद निरुपण गर्न कुनै समस्या नहुने यादवले बताए। अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रति इंगित गर्दै पूर्व प्रमुख यादवले अहिलेको राजनीतिक संस्कार अनुसार जसको आडभरोसामा सस्थाको प्रमुख भए पनि त्यो व्यक्ति संस्थाप्रति उत्तरदायी र जिम्मेवार हुनु पर्ने उनको भनाइ छ। आयोग र त्यसको नेतृत्वकर्ता थपलियालाई कुनै दल वा व्यक्तिको प्रभावमा नपर्न पनि यादवले आग्रह गरेका छन्। नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने र भइहालेमा पनि त्यसले समस्या समाधान नगर्ने यादवको तर्क छ। अहिलेको विवाद सर्वोच्चमा रहेको र अदालतले संसद पुनर्स्थापना गरे पनि नेकपा विभाजनको अवस्थामा रहेकाले आयोगले निर्णय गर्नै पर्ने उनको बुझाई छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्