प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरीको बहस सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्रि  के. पी. ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज अदालतका सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुँदैछ। एमिकस क्युरीको बहसपछि निर्णय आउने बताइएको छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, सतिश कृष्ण खरेल, विजय कान्त मैनाली, पूर्ण मान शाक्य र गीता पाठक रहेका छन्। उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार प्रदान गर्ने अनुमान गरिएको छ। गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट सोमबार जवाफी बहस सकिएको छ । रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेस गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्