अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारी सवारी साधनहरु विद्युतीयले प्रतिस्थापन गर्ने तयारीमा

Machchapuchchre

अर्थ राजनीति ~ एक हप्ताअघिबाट कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संघीय सरकार तथा यस मातहतका सवारी साधनहरु विद्युतीयले प्रतिस्थापन गर्ने बताएका छन् ।   अमेरिकी संघीय सरकार मातहतमा  अहिले ६ लाख ४५ हजारभन्दा बढी सवारी साधनहरु छन् भने  यसमा दुई लाख ४५ हजार सवारी साधन नागरिक सेवाका प्रशासनिक निकायहरुका हुन् , एक लाख ७३ हजार सैन्य सवारी र दुई लाख २५ हजार पोष्ट अफिस (हुलाक सेवा कार्यालय) का भएको प्रतिवेदनले देखाएको  छ । बाइडेनले चुनावी अभियानका दौरान वातावरण संरक्षण र अमेरिकी कम्पनीले बनाएका विद्युतीय सवारीका पक्षमा थुप्रै कुराहरु बोलेका थिए  यद्पि चुनावी अभियानमा बोलिएका कुराहरु सधैं वास्तविकतामा परिणत हुँदैनन् र   बाइडेनको उक्त चुनावी बाचा पनि पूरा  हुन्छ कि हुदैन भन्नेमा  अमेरिकीहरु समेत  पूर्ण रूपमा ढुक्क छैनन् । बाइडेनले संघीय सवारी साधनहरुलाई विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा गरेको भए पनि यसको कुनै अवधि तोकेका भने छैन् । प्रतिस्थापन गर्ने भनिएकामध्येका केही सवारी साधनहरु चाँडै हट्ने सम्भावना छैन । किनकि केही सवारी साधन चाँडै हटाउँदा यसको लागत ठूलो पर्ने देखिएको छ भने विशेष किसिमका सवारी झन् विद्युतीकृत स्वरुपमा आउनुअघि त्यसको विकासका लागि थुप्रै कामहरु गर्न आवश्यक रहेको देखिन छ। यसका बाबजुद ठूलो संख्यामा र बारम्बार प्रयोग हुने प्रकृतिका सवारी साधनहरुलाई विद्युतीयले प्रतिस्थापन गर्दा इन्धन र मर्मतसम्भारमा हुने सरकारको अर्बौं डलरको खर्च दीर्घकालमा बचत हुने समेत  बताइएको  छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्