राजीनामा दिएको भए प्रधानमन्त्रीको शान नै उच्च हुने- नेता बामदेव

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत धेरै बढ्ने बताएका छन् ।  ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको  शान नै उच्च हुने एक कार्यक्रममा उनले बताएका छन् । संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य कुनै दलहरु पनि खुशी नभएको उनको भनाइ छ । आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ गौतमले थप जानकारी गराए । प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने समेत उनले बताए । यसै बीच गौतमले पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओली दुवैको बराबर भूमिका रहेको बताएका छन् । पार्टी विभाजनका लागि गरेको गल्तीलाई तराजुमा नाप्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको बुझाई  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्