ट्रान्सपरेन्सी इन्टरनेशनल- नेपालमा भ्रष्टाचार झन् बढ्दो रुपमा

Machchapuchchre

अर्थ राजनीति  ~  सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार सूचकांक सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनले  नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा रहेको समेत जनाएको छ । गत वर्ष यस सूचीमा नेपालको ११३ औं स्थान थियो । “सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयासमा कमि , सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग , सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी , व्यापार व्यवसायमा घुसखोरी कायम , सूचनामा नागरिकको पहुँचमा कमी जस्ता समस्या कायमै रहेको सन्देश दिएको छ,’ ट्रान्सपरेन्सीले नेपालको बारेमा यस्तो भनेको हो । साथै रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर रहेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको समेत उल्लेख छ । यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये सबै भन्दा बढी  अंक  डेनमार्क र न्युजील्याण्डले  प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्