निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलायो

Machchapuchchre

आर्थ राजनीति ~  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि भनेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको छ । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि  आयोगले बोलाएको छ भन्ने खबर आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  दिएका छन् । आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने  नगर्ने केहि लेखेको छैन तर अहिले नेकपा विवादको सन्दर्भ शिखरमा रहेकोले  गर्दा  त्यस विषयमा पनि छलफल हुने आयोगले बताएको  छ ।  आउदो बैशाखमा हुने भनिएको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताएका  छन् । त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने बारेमा पनि उनले बताए ।  नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदन माथि  निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने कुरा पहिले नै बताइ सकेको  छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्