नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघ्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कार्यकालको  ३२ औं बार्षिक साधारणसभा सम्पन्न गरि शेयर धनीलाई  १० प्रतिशत बोनस सेयर पारित गरेको छ। उक्त सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको जनाएको छ । साधारणसभा, सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको र उनले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनले कुल बीमा शुल्क संकलन गत बर्षको तुलनामा करिव २५ प्रतिशतले बृद्धि भइर ८ अर्ब ५ करोड रुपैयाँ पुगेको समेत उक्त  सभामा बताइन्। यस वर्ष नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। आर्थिक बर्ष २०७५/२०७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २८ प्रतिशतले बृद्धि भइर २६ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको  पाईएको छ। कम्पनीको चालु बर्षको बोनससमेत गरेर कुल चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघेको छ र  कम्पनीले २५ वटा नयाँ शाखा खोल्न स्वीकृति समेत पाएर अब कम्पनीको  कुल शाखा संख्या ९९ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्