कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दै ११ वटा अस्पताल

Machchapuchchre

अर्थ राजनीति ~  कोरोनाविरुद्धको खोप अभियान सरकारले बुधबार विहान १० बजे  शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली द्वारा  बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु हुने छ । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका  एक प्रमुख  बताएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरले खोप लगाउन पाउनेछन् भने  खोप अभियानमामा सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु गरिने छ । एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ । मन्त्रालयले १८ वर्ष माथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यही केन्द्रमा रहनु पर्ने नियम बनाएको  समेत  बताएको छ ।

अभियान शुभारम्भका लागि प्रत्यक्ष जोडिने अस्पतालहरु

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
११. शहिद गंगालाल अस्पताल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्