नेपाल इन्फ्रास्ट्रक्चर बैंक -आईपीओ यही साता बाँडफाँट गर्ने तयारिमा

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  आईपीओ यही साता बाँडफाँट हुने  बैंकले जनाएको  छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको छ । यस बैंकको  निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको जानकारी गराएको  छ । एनआइबीएल एस क्यापिटलका अनुसार सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको पनि कम्पनी ले बताएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता  सर्वसाधारणका लागि छुट्याइएको हो । आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको  र  आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने समेत  बैंकले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्