राजधानीका सडकबाट ४० जना सहयोगापेक्षीको उद्धार

Machchapuchchre

 

अर्थ राजनीति~  मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सहयोगापेक्षीको उद्धार गरेको हो । सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ९ जना बालबालिकासहित ४० जना सहयोगापेक्षीको उद्धार गरेको आश्रमले जनाएको छ । सोमबार राति चावहिल, बौद्ध, गोकर्णेश्वर लगायतका स्थानबाट १७ जना र मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट ९ जना बालबालिकासहित २३ जनाको उद्धार गरिएको आश्रमका अभियन्ता रामजी अधिकारीले बताए । नेपाल प्रहरी र काठमाडौं महानगरपालिका र  नेपाल प्रहरीको सहयोगमा सडक मानवको उद्धार गरिएको हो । अधिकारीका  अनुसार उद्धार गरिएका बालबालिकालाई बालबालिका खोज तलास केन्द्रको जिम्मा लगाइएको छ भने अन्यलाई मानव सेवा आश्रमको काठमाडौं, भक्तपुर र ललितपुर शाखामा व्यवस्थापन गरिएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्