अर्थ राजनीति ~ आइताबारको भन्दा ८ सय रुपैयाँले घटेर सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ। सोमबारका लागि चाँदीको कारोबार मू्ल्य प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ
