निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

अर्थ राजनीति – मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् । […]

अति संक्रमित रास्ट्र स्पेन, इटाली र अमेरिकामा मृत्युदर घट्यो, इटालीले केहि दिन पछिबाट लकडाउन खुकुलो पार्ने

अर्थ राजनीति – भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो ।  २० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा […]

झापामा थप एकमा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५२ पुग्यो

अर्थ राजनीति – आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो । […]

लक डाउन वैशाख २५ सम्म; हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म लम्बियो

अर्थ राजनीति – नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी) लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे । साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत […]

अहिले सम्म उपत्यका सुरक्षित

अर्थ राजनीति – सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ  । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ  । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन । काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना […]

लकडाउन पुन हप्ता दिन बढ्ने संकेत

अर्थ राजनीति – मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको बुझिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन […]

आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्म रोक

अर्थ राजनीति – शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द […]

१ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

अर्थ राजनीति – नेपालमा शुक्रबार थप एकजनामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ […]

कोरोना संक्रमित एक जना थपिए, संक्रमितको संख्या ४८ पुग्यो

अर्थ राजनीति – भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्। अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ। जसमध्ये १० जना […]

बिहीबार दुईजना निको भए, दुईजना थपिए, संक्रमितको संख्या ४७ पुग्यो

अर्थ राजनीति – नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ४७ पुगेकाे छ । बिहीबार  उदयपुरकी एक महिला र जनकपुरका एक किशाेरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरूमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ […]