१ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – नेपालमा शुक्रबार थप एकजनामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

कोरोना संक्रमितमध्ये १० जना निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्