प्रतिनिधिसभा बैठक आज बस्दै, यी विषयमा छलफल हुने

अर्थ राजनीति  ~ संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६र०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आमाको मुख हेर्ने पर्व मनाइँदै, कोरोनाले मातातीर्थ मेला स्थगित

अर्थ राजनीति  ~  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय , आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ […]

इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने हिमालयन बैंकले गर्यो निर्णय

अर्थ राजनीति  ~  हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेको छ । शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको हो । दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो ।

सरकार- तत्काल थप खोप आउने अवस्था छैन, पहल गरिरहेका छौं

अर्थ राजनीति  ~  सरकारले कोरोना विरुद्धको थप खोप तत्काल आउने अवस्था नभएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको जानकारी दिएको हो। नेपालले खोप सुरु गरेको खोप अभियान थप विस्तृत बनाइ लान खोप खरिद गर्न औषधि व्यवस्था […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

 अर्थ राजनीति ~  साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ […]

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

अर्थ राजनीति  ~  नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको […]

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।  

साताको अन्तिम दिन सुनको मूल्य पुन: बढ्यो

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज ९ सयले  बढेको  छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार  तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो । शुक्रबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८६ हजार […]

माओवादीले आइतबारसम्म सरकारको समर्थन फिर्ता लिने संकेत

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको बताएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले औपचारिकरुपमा चिठी लेख्नमात्रै बाँकी रहेको बताए। ‘यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्छ। नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय […]

मेलम्चीको पानी चैत १५ देखि काठमाडौंका धारामा

अर्थ राजनीति  ~ सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द […]