माओवादीले आइतबारसम्म सरकारको समर्थन फिर्ता लिने संकेत

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको बताएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले औपचारिकरुपमा चिठी लेख्नमात्रै बाँकी रहेको बताए। ‘यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्छ। नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ। शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्नेछौं,’ उनले भने। अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको उनले बताए। ‘यो सरकारलाई हाम्रो समर्थन छैन। प्राविधिक रुपमा मात्र पत्र लेख्न मात्र बाँकी हो,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्