मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल

अर्थ राजनीति  ~  सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। दाहालले यही चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको […]

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर […]

भागबन्डा पुर्‍याउन प्रधानमन्त्री प्रचण्डलाई सकस हुदै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारीमा जुटेका प्रचण्डलाई भने भागबन्डा पुर्‍याउन सकस परेको छ । प्रधानमन्त्री प्रचण्डलाई विभिन्न ११ दलका सांसदले विश्वासको मत दिएका छन् । ती सबै दलबाट कम्तीमा एक जनालाई […]

” हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो ” :अध्यक्ष लिङ्देन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिएका हुन् । ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा […]

राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । आज बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए ।

” १० दललाई समाल्ने जिम्मेवारी कांग्रेसको काँधमा छ ” : डा. शेखर कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक/दुई दिनमा कांग्रेस अहिलेको सरकारमा सहभागी हुने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज बत्तिसपुतलीमा भएको कार्यक्रममा बोल्दै कोइरालाले सरकारमा गएर गल्ती गर्ने छुट अब कांग्रेसलाई नहुने बताए। ‘एक/दुई दिनमा नेपाली कांग्रेस सरकारमा जाँदैछ। अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन,’ उनले भने, ‘कुनै किसिमको कमीकमजोरी अब कांग्रेसबाट हुनु […]

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदै

अर्थ राजनीति  ~   प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । नेपाल प्रहरीको २९ औँ आईजीपी सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । मन्त्रिपरिषद्ले उनको पद लम्ब्याउने बारे कुनै निर्णय नगरेमा उनी चैत ११ मा सेवा निवृत्त हुन्छन् । सिंह सँगै उनका ब्याचमेट ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा विश्वासको मत लिदै

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिट्टै संसदमा विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने आफूले नसोचेको बताएका छन्। उनले गत पुस २६ गते विश्वासको मत लिएका थिए। त्यसबेला नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक सबै दलका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। तर यसबीचमा नेकपा एमाले र राप्रपाले सरकार छाड्ने र समर्थन […]

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ

अर्थ राजनीति  ~  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा […]

सभामुख घिमिरे विवादमा

अर्थ राजनीति  ~  पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् । सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल पत्रकार महासंघका प्रतिनिधि सभामुख घिमिरेलाई भेट्न शुक्रबार उनको कार्यकक्षमा पुगेका थिए । ‘पत्रकारहरू बिक्रीमा छन्’, महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले भनेका थिए, ‘पीत पत्रकारिता अहिले […]