प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदै

Machchapuchchre

अर्थ राजनीति  ~   प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । नेपाल प्रहरीको २९ औँ आईजीपी सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । मन्त्रिपरिषद्ले उनको पद लम्ब्याउने बारे कुनै निर्णय नगरेमा उनी चैत ११ मा सेवा निवृत्त हुन्छन् । सिंह सँगै उनका ब्याचमेट ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डीआईजी र दुईजना एसएसपी पनि अवकाशमा जाँदैछन् । आईजीपी सिंहको अवकाशसँगै आईजीपी हुन तीव्र प्रतिस्पर्धा सुरु भएको छ । चैत ११ मा आईजीपी नियुक्त हुने अधिकृतहरूलाई मन्त्रिपरिषद्ले सोमबार मात्रै अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

Nabil bank

अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो । सोमबार बढुवा भएका ५ जना एआईजीहरू प्रहरी महानिरीक्षकको दाबेदार हुन् । वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्ये एकजना चैत ११ सम्ममा आईजीपी नियुक्त हुनेछन् । एआईजीमा बढुवा भएको ५ दिनमै सरकारले उनीहरू मध्ये एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ । ३० औँ महानिरिक्षक बन्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडी वसन्त कुँवर छन् । मेरिट लिस्टको एक नम्बरमा भएको हुनाले मन्त्रिपरिषद्ले उनलाई नै महानिरीक्षक नियुक्त गर्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । प्रहरी महानिरीक्षक बन्ने दौडमा श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि छन् । बज्राचार्यलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेमा नेपाल प्रहरीमा पहिलो महिला आईजीपीको इतिहाँस निर्माण हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्