” १० दललाई समाल्ने जिम्मेवारी कांग्रेसको काँधमा छ ” : डा. शेखर कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक/दुई दिनमा कांग्रेस अहिलेको सरकारमा सहभागी हुने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज बत्तिसपुतलीमा भएको कार्यक्रममा बोल्दै कोइरालाले सरकारमा गएर गल्ती गर्ने छुट अब कांग्रेसलाई नहुने बताए। ‘एक/दुई दिनमा नेपाली कांग्रेस सरकारमा जाँदैछ। अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन,’ उनले भने, ‘कुनै किसिमको कमीकमजोरी अब कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई कांग्रेसले गम्भीर रूपले लिएको छ।’ उनले कांग्रेस पनि सहभागी हुने अहिलेको सरकारलाई सफल बनाउनुपर्ने पनि बताए। ‘अहिले प्रचण्डजीको नेतृत्वमा सरकार छ। १० दल छन्। ती दलहरूलाई सम्हालेर अघि बढ्ने जिम्मेवारी कांग्रेसकै हो,’ कोइरालाले भने, ‘कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ। यो सरकारलाई राम्ररी चलाएर अघि बढ्नुपर्छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्