सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

अर्थ राजनीति   ~  नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत […]

” प्रचण्ड आफैंले अस्थिरताको अगुवाइ गर्दैछन् ” : गोकर्ण विष्ट

अर्थ राजनीति  ~  नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे । ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व […]

उपनिर्वाचन : वैशाख १० गते नै चितवन, तनहुँ र बारामा

अर्थ राजनीति ~  निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ । राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता […]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप […]

उप प्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्री सहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ ।१३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व […]

गृहमन्त्रालयमा तीन पार्टीको दाबी : कसले मार्ला बाजी !

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् । ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी […]

उपराष्ट्रपति निर्वाचन आज

अर्थ राजनीति   ~   सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ । सो समयसम्म सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान  सुरु भएको हो । […]

एकीकृत समाजवादीको तीन मन्त्रालय दाबी

अर्थ राजनीति  ~  उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी […]

” अब बन्ने सरकार पाँच वर्षसम्म कायम रहने ” : नेता निधि

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट नेकपा माओवादी केन्द्र मुक्त भएको बताउनुभएकाे छ । बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व […]

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दल बैठक

अर्थ राजनीति ~  राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। उपराष्ट्रपति निर्वाचनकै दिन रास्वपाले पदाधिकारी र संसदीय दल बैठक राखेको छ। उपराष्ट्रपति चुनाव शुक्रबार हुँदैछ। जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता […]