उप प्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्री सहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ ।१३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको भए पनि प्रधानमन्त्रीपछिको दोस्रो तहको नेतृत्व कांग्रेसले लिनेछ । कांग्रेसबाट प्रधानमन्त्रीपछिको दोस्रो वरीयता सम्हाल्दै सरकारमा जान कांग्रेसका हालका उपसभापतिदेखि पूर्वउपसभापति तथा वर्तमान महामन्त्रीसम्मको आकांक्षा छ । हालका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत र नेता ज्ञानेन्द्रबहादुर कार्कीले इच्छा देखाएका छन् । यीमध्ये महामन्त्री थापाबाहेकका सबै सभापति शेरबहादुर देउवा क्याम्पका हुन् । खड्का उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाए सरकारमा जाने मनस्थितिमा छन् । तथापि, उनले सरकारमा जाने आफ्नो इच्छा नरहेको सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्