राष्ट्रपति चुनाब : प्रचण्ड, ओली र देउवा मध्ये कसको ?

अर्थ  राजनीति  ~  प्रमुख तीन दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न थालेपछि एकले अर्कोसँग विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले सहमति कार्यान्वयनमा इमनदारिता नदेखाएको भन्दै प्रचण्ड र ओलीको दूरी बढ्दै गएको छ । उता देउवाले माओवादीबाट उम्मेदवार हुने पदमा पार्टीबाट उम्मेदवारी नदिई माओवादीलाई फकाउँदै विश्वास जित्ने प्रयासमा छन् । यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत […]

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ राजनीति  ~  गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने […]

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

अर्थ राजनीति  ~  राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् […]

” कांग्रेसले अस्थिरता ल्याउन खोज्यो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन्। ओलीले बोल्नेक्रममा अधिकांश समय कांग्रेस र कांग्रेस नेतृत्वको अघिल्लो सरकारको आलोचनामै खर्चे। ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा […]

प्रधानमन्त्री दाहाल र प्रमुख सचेतकहरूको छलफल जारी

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल जारी छ । प्रधानमन्त्री निवास बालु्वाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयका लागि प्रमुख सचेतकहरुसँग छलफल आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले […]

राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

अर्थ राजनीति  ~  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । शुक्रबार उक्त मुद्दाको सुनुवाइमा न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो । जबरजस्ती करणीको मुद्दा खेपेका सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा […]

विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास सुरु

अर्थ राजनीति  ~  विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति अविश्वास बढाएका हुन् । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद […]

नेपालीभाषीलाई अपमान गरेपछि भारतमा चर्कियाे आन्दोलन

अर्थ राजनीति  ~ भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई “विदेशी ” भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् । सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ । प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात […]

रवि लामिछानेका कारण विवादमा रास्वपा

अर्थ राजनीति  ~   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।” रास्वपा सभापति लामिछानेले यही […]