रास्वपाले बोलायो पदाधिकारी र संसदीय दल बैठक

Machchapuchchre

अर्थ राजनीति ~  राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। उपराष्ट्रपति निर्वाचनकै दिन रास्वपाले पदाधिकारी र संसदीय दल बैठक राखेको छ। उपराष्ट्रपति चुनाव शुक्रबार हुँदैछ। जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्। गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्