झापामा झडप हुँदा प्रहरीसहित दुई दर्जन घाइते

अर्थ राजनीति  ~ झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका हुन् । प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी […]

रवि लामिछाने : प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन् । उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको जगजाहेर  तान्डवलाई छोड्यो […]

बालकृष्ण खाण पक्राउपछि कांग्रेसमा भूकम्प

अर्थ राजनीति  ~  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै […]

महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा थापा–शर्मा

अर्थ राजनीति  ~  कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा सभापति निर्वाचित भएको १७ महिनाको अवधिमा नेतृत्वले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्माले पार्टी रूपान्तरण गर्न आवश्यक […]

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्रीको दिनगन्ती

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद् पूर्णता दिन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग अझै वन तथा वातावरण मन्त्रालय रहेको छ । सो मन्त्रालय जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा […]

प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन संवैधानिक परिषदकाे बैठक बस्दै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएकाे छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले […]

नक्कली भुटानी शरणार्थी प्रकरण: संसदमा जुहारी

अर्थ राजनीति ~  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसदमा जुहारी सुरु भएको छ । आइतबारको संसद बैठकमा बजेट सम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोषारोपणमा उत्रिएका हुन् । […]

श्री एयरलाइन्सको ल्यान्डिङ गियरमा समस्या, रनवेमै अड्कियो विमान

अर्थ राजनीति   ~  भैरहवाबाट काठमाडौंको लागि  उडेको श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या आएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ। विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। श्रीको विमान रनवेमै रहेकाले यती एयरलान्सेन्सको जहाज आकाशमै फन्को मारिरहेको थियो। अवतरण गर्न नसक्ने भएपछि उक्त विमान पुन: काठमाडौं […]

कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

अर्थ राजनीति   ~  सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएको हो । आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय […]

नक्कली भुटानी शरणार्थी प्रकरण

अर्थ राजनीति  ~  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नहुने बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने […]