प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन संवैधानिक परिषदकाे बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएकाे छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आइरहेको छ । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको थियो । दुई नेताबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषदकाे बैठक सोमबार बोलाउने सहमति भएको थियो । सोही सहमति अनुसार शनिबार नै परिषद बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो । लामो समयदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्की कामुको रूपमा रहनुभएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्