कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

Machchapuchchre

अर्थ राजनीति   ~  सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएको हो । आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय गरेको थियो । आज कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि प्रवेशमा रोक लगाउने तयारी गरेका छन् । वैशाख २० गते बुधवार पनि प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देशैभरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ । १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘सङ्घीय निजा  सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्