बालकृष्ण खाण पक्राउपछि कांग्रेसमा भूकम्प

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यसैबीच खाण पक्राउपछि कांग्रेस नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताए । बुधबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दोषीले सजाय पाउनुपर्ने बताएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्