गगनलाई रविको जवाफ : ” स्वर्णिम वाग्ले पाहुना होइनन् “

अर्थ राजनीति ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जान्नेलाई छान्ने’ नीतिअनुसार यसपालि तनहुँ १ मा उपनिर्वाचन लड्न पार्टीले स्वर्णिम वाग्लेलाई अघि सारेको बताएका छन्। तनहुँमा सोमबार भएको कार्यक्रममा बोल्दै लामिछानेले स्वर्णिम यही माटोमा हुर्किएको समेत बताए। स्वर्णिमलाई पाहुना भन्न नमिल्ने उनको भनाइ थियो। ‘संसारका कयौं देशको अर्थतन्त्र बिग्रँदा सल्लाह लिन बोलाउने स्वर्णिम […]

मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन

अर्थ राजनीति  ~  सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार […]

” सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले […]

राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपति यादवले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

अर्थ राजनीति  ~  उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल  शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै […]

“चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ” : डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताए। उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने […]

तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी

अर्थ राजनीति  ~  आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने […]

मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्राल सम्हाल्ने

अर्थ राजनीति  ~  उपप्रधान तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ […]

” मिटरब्याजी पीडितको माग सरकारले पूरा गर्नुपर्छ ” : पूर्वप्रधानमन्त्री खनाल

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य […]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ विनानिष्कर्ष टुंगिएको बैठक मन्त्रालयको भागबन्डा मिलाउन आज पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले […]

आज प्रतिनिधि सभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभा बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संसोधन) विधेयक, २०७७ माथि […]