नवनियुक्त ३ मन्त्रीले आज दिउँसो ३ बजे शपथ लिँदै

Machchapuchchre

अर्थ राजनीति  ~  नवनियुक्त ३ जना मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछन् । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज (बिहीबार) दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । तर अहिले पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अहिले पनि प्रधानमन्त्री प्रचण्ड आफैले सम्हाल्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्