” विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ ” : कार्यकारी निर्देशक घिसिङ

अर्थ राजनीति  ~   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताएका हुन् ।  घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर […]

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

अर्थ राजनीति   ~  आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ । गत शुक्रबार प्रस्तुत भएको  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध […]

” आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~   सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् मा  सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । आइतबार ओलीले सरकारले संसद् मा  पेश गरेको […]

“उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ “: अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकहरुको सम्बन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । संसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । संसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए । उनले भने ‘बढि भन्दा […]

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब

अर्थ राजनीति  ~  सांसद विकास कोषमार्फत सांसदलाई दिइँदै आएको बजेटका सन्दर्भमा सरकारलाई दोहोरो दबाब बढेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई कतिपय सांसदहरूले उक्त बजेट आवश्यक नभएकाले आगामी बजेटमा राख्न नहुने दबाब दिँदै आएका छन् भने अधिकांश सांसदहरूले सांसद विकास कोष राख्नुपर्ने भन्दै दबाबका लागि हस्ताक्षर संकलन शुरू गरेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सांसद विकास कोषका […]

नीति तथा कार्यक्रम : अध्यक्ष ओलीले आज सदनमा सम्बोधन गर्दै

अर्थ राजनीति  ~  सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई […]

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन तयार

अर्थ राजनीति  ~  ‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ। प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान […]

संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था […]

भैरहवा-क्वालालम्पुर उडान सुरु गर्दै निगम

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले भैरहवास्तिथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया नियमित उडान सुरु गर्ने भएको छ । निगमले जेठ २९ गतेदेखि क्वालालम्पुर उडान सुरु गर्न लागेको हो । निगमले उडान तालिकाअनुसार भैरहवा क्वालालम्पुर सेक्टरमा उडान गर्ने गरी गरी टिकट बुकिङ खुला गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक […]

सांसद् मा प्रधानमन्त्री प्रचण्डले दिए गलत जवाफ

अर्थ राजनीति  ~  कैलालीको टीकापुर घटनाको विषयलाई लिएर संसद् मा उठेको सांसदको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएका छन् । २०७३ मा आफैं प्रधानमन्त्री भएको बेलामा सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । सो प्रतिवेदनको विषय लिएर बिहीबार सांसदसँग […]