” आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ ” : अध्यक्ष नेपाल

Machchapuchchre

अर्थ राजनीति  ~   सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् मा  सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । आइतबार ओलीले सरकारले संसद् मा  पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए । सोमबार अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई घोचपेज हुने गरी आएको भन्दै आलोचना गरे । उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराए । अध्यक्ष नेपालले भने, ‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठुलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौँ । कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौँ । त्यसलाई सुधार गरौँ । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठुलो समस्या यो व्यक्तिवादको रोग हो ।’ ‘दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरूको ज्ञान, अरूको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो “, नेपालले  बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्