सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

Machchapuchchre

अर्थ राजनीति   ~  आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ । गत शुक्रबार प्रस्तुत भएको  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा कार्यक्रमको प्राथमिकीकरणलगायतका सुझाव सांसदहरूले दिएका हुन् । यो क्रम जेठ ११ गतेसम्म जारी रहने छ। आजको बैठक बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्