“उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ “: अर्थमन्त्री महत

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकहरुको सम्बन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । संसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । संसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए । उनले भने ‘बढि भन्दा बढि नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिले हामी जान्छौं, ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्